
काठमाडौं । बागमती प्रदेश सरकारका लागि नेकपा एमालेले ६ मन्त्रीको नाम टुंगो लगाएको छ ।
निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
जसमा एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापा मगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङ छन् ।
बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त भए पनि शपथ भने बुधबारका लागि तय गरिएको छ ।
२०८१ श्रावण ८, मंगलवार १२:२२ प्रकाशित