रविलाई थप १३ दिन हिरासतमा राख्न अन्तरिम आदेश


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आज चौथो पटक म्याद थप भएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो ।

२०८१ कार्तिक २५, आईतवार १६:२३ प्रकाशित
ट्रेन्डिङ समाचार