काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने अन्य मुद्राको भाउ पनि बढेको छ ।
आज अमेरिकी डलर १ बराबर खरिद दर १३४.७१ रुपियाँ र बिक्री दर १३५.३१ रुपियाँ पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३४.७० रुपियाँ र बिक्री १३५.३० रुपियाँ तोकिएको ।
त्यस्तै अघिल्लो कारोबार दिनमा युरो १ को खरिद मूल्य १४४.९४ रुपियाँ र बिक्री मूल्य १४५.५९ रुपियाँ रहेकामा यसदिन खरिद १४५.४२ रुपियाँ र बिक्री १४६.०७ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, आज कुबेती दिनार १ को खरिद दर ४३९.४३ रुपियाँ र बिक्री दर ४४१.३८ रुपियाँ निर्धारण गरिएको छ । जबकि शुक्रबार खरिद ४३८.९५ रुपियाँ र बिक्री ४४०.९० रुपियाँ थियो ।
२०८१ कार्तिक २५, आईतवार ०६:३७ प्रकाशित


