ADVERTISEMENT

केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना, अन्य स्थानमा मौसम सफा रहने

काठमाडौं । देशका केही प्रदेशमा आज चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ।

 

हाल कोशी प्रदेशसहित हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

 

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

 

त्यस्तै, सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार