ADVERTISEMENT

गोलबजारबाट ९.२७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

जनकपुरधाम । सिरहाको गोलबजारबाट प्रहरीले ९ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ कसहा निवासी २४ वर्षीय पारस यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा बुधबार साँझ यादव सवार मोटरसाइकलबाट उक्त लागुऔषध बरामद भएको हो।

इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी टोलीले स ५ प ६९६६ नम्बरको मोटरसाइकल जाँच गर्दा यादवको साथबाट खैरो हेरोइन र एउटा भिभो मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई लागुऔषध, मोटरसाइकल र मोबाइलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार