काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन पनि सुनको मूल्य ६ हजार ३०० रुपैयाँले घटेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । बुधबार ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३ हजार ३३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सम्बन्धित खबर




प्रतिक्रिया