ADVERTISEMENT

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

काठमाडौँ । सूर्य उपासनाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गर्दै सम्पन्न हुँदैछ।

चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशय किनारमा पुगेर उदाउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य दिएका छन्।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जलाशय किनारमा जाग्राम बसेका व्रतालुहरू बिहानैदेखि अर्घ्य दिन जुटेका हुन्। छठ पर्वका अवसरमा तराई–मधेससहित काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानका जलाशयहरूमा श्रद्धालुको बाक्लो उपस्थिति रहेको छ।

यसैबीच, सरकारले पहिलो पटक छठ पर्वको अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन पनि सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार