ADVERTISEMENT

डलरको मूल्य १५१ रुपैयाँ ८९ पैसा, पाउन्ड २०३ रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

 

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

 

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा तथा क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा तोकिएको छ।

 

यस्तै, युरोपियन युरोको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

 

राष्ट्र बैङ्कले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैङ्कको वेबसाइट हेर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार