ADVERTISEMENT

डोल्पामा ६ भारतीय पर्यटक बेपत्ता, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो ताल घुम्न आउने क्रममा दुई महिलासहित ६ जना भारतीय पर्यटक हिमपातमा परेर सम्पर्कविहीन भएका छन्।

डोल्पो बुद्ध गाउँपालिकाबाट धो हुँदै फोक्सुन्डो फर्किने क्रममा नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका हुन्।

अत्यधिक हिमपातका कारण पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर उपलब्ध गराउन माग गरिएको छ भने नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ।

प्रतिकूल मौसम र सञ्चार सम्पर्क नहुने समस्याका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार