ADVERTISEMENT

मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा, ३३ लाख घुससहित कर्मचारी नियन्त्रणमा

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर ३३ लाख रुपैयाँ घुससहित केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ठूलो रकमसहित कर्मचारीहरूलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घटनाको पुष्टि गर्दै ठूलो परिमाणमा रकम फेला परेको जानकारी दिए । उनका अनुसार अहिले घटनास्थलमा अख्तियारको टोलीले बरामद रकम तथा घटनासम्बन्धी मुचुल्का तयार पारिरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार