काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, तीव्र गतिमा चलाउने ५७, सीसी क्यामेरामार्फत पहिचान भएका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन्।
त्यस्तै, हर्न बजाउने आठ, लेन अनुशासन पालना नगर्ने तीन, सवारीको अवस्था ठीक नभएका दुई तथा अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
चाडपर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई लक्षित गर्दै प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया