ADVERTISEMENT

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

 

अभियानको उद्घाटन दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

 

अभियानका क्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

 

अभियानअन्तर्गत पार्टी सङ्गठन समायोजन, सदस्यता नवीकरण तथा विस्तार, वडा र पालिका अधिवेशन, जनताका समस्या सङ्कलन र जनसेवाका कार्यक्रम सञ्चालन गरिनेछ।

 

त्यस्तै, महँगी, भ्रष्टाचार, बेरोजगारी र कालोबजारीविरुद्ध जनचेतना फैलाउने तथा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारका विषयमा जनतालाई सचेत गराउने कार्यक्रमसमेत सञ्चालन गरिने पार्टीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार