काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ भने बिहान केही स्थानमा हुस्सु लाग्न सक्नेछ। आज राति पनि केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र भोलि कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया