ADVERTISEMENT

खोटाङका युवाको दसैं–तिहार अभियान: दिदीबहिनी र आमालाई निःशुल्क घर पुर्‍याइने

काठमाडौ । खोटाङका युवाहरूले यस वर्ष पनि दसैं र तिहारका अवसरमा गाडी नपाएर तथा आर्थिक अभावका कारण माइतीघर जान नपाएका दिदीबहिनी र आमाहरूलाई निःशुल्क घर पुर्‍याउने अभियान सञ्चालन गर्ने भएका छन्।

 

चाडपर्वका बेला यातायातको असुविधा र आर्थिक समस्याका कारण घर जानबाट वञ्चित महिलाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस अभियानले उनीहरूलाई माइतीघर पुग्न सहज बनाउने अपेक्षा गरिएको छ।

 

युवाहरूको यो मानवीय पहलले चाडपर्वमा परिवारसँग भेटघाट गर्ने चाहना पूरा गर्न सहयोग पुग्नुका साथै सामाजिक सद्भाव र आपसी सहयोगको भावना पनि बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार