ADVERTISEMENT

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआजा

काठमाडौँ । शारदीय नवरात्रको चौथो दिन आज देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गाको चौथो स्वरूपका रूपमा पुजिने कुष्माण्डा देवीलाई सृष्टिकी आदिशक्ति मानिन्छ।

धार्मिक विश्वासअनुसार देवीको पूजा गर्नाले आयु, यश, बल तथा आरोग्य प्राप्त हुने मान्यता छ। यस दिन देवीलाई कुभिण्डोको बलि र मालपुवा प्रसाद चढाउने परम्परा रहेको छ।

नवरात्रको अवसरमा बिहानैदेखि देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा दर्शन र पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लागेको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार