काठमाडौं । दसैंलाई लक्षित गर्दै नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर केन्द्रको संख्या बढाएर ११ पुर्याएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा केन्द्र थप गरिएको हो।
संघका अनुसार बुढानीलकण्ठको चपली, ललितपुरको हरिसिद्धि, कलंकी, खसीबजार र सतुंगलमा नयाँ केन्द्र थपिएका छन्। यसअघि हरिसिद्धि, कलंकी, सुकेधारा, बालाजु औद्योगिक क्षेत्र, पेप्सीकोला र सिफलचौरमा साटफेर सेवा सञ्चालनमा थियो।
उपभोक्ताले असोज ३० गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ः३० बजेसम्म तोकिएका केन्द्रबाट ग्यास साट्न सक्नेछन्। संघले तोकिएका ११ केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट फरक कम्पनीका सिलिन्डर साट्न नमिल्ने जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया