ADVERTISEMENT

तीन कम्पनीको सेयर लकइन अवधि सकिँदै

काठमाडौं । आगामी एक महिनाभित्र तीन कम्पनीका सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।

लकइन अवधि सकिन लागेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र सोपान फर्मास्युटिकल्स रहेका छन् ।

सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड गरिएको २ लाख १४ हजार ५ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १६ गते सकिँदैछ ।

त्यस्तै, चिरख्वा हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको गरी कुल ३० लाख २० हजार ७ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १४ गते समाप्त हुनेछ ।

माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको संस्थापक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीयको सेयरको लकइन अवधि कात्तिक २ गतेदेखि समाप्त हुने जनाइएको छ ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयर प्रचलित नियमअनुसार कारोबारका लागि योग्य हुनेछन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार