काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका दुई उजुरीबारे संसदीय सुनुवाइ समितिले थप कागजात माग्ने निर्णय गरेको छ।
सुनारलाई जर्मनीबाट नेपाल फर्काइएको भनिएको उजुरीबारे समितिले परराष्ट्र मन्त्रालयसँग विवरण मागेको छ। यस्तै, विवाहेत्तर सम्बन्धसम्बन्धी उजुरीमा ललितपुर प्रहरी कार्यालयसँग मिलापत्रको कागजात माग्ने निर्णय गरेको छ।
उजुरीमा उठेका विषयको सत्यतथ्य बुझ्न समितिले थप कागजात अध्ययन गर्न लागेको हो। समितिले आज उजुरीकर्ताहरूसँग छलफल गर्दै प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउँदैछ।
सम्बन्धित खबर








प्रतिक्रिया