उपसभापतिमा निर्वाचित भण्डारीले ३ हजार ७३५ मत र आचार्यले २ हजार ३४२ मत प्राप्त गरे। त्यस्तै, चौधरीले समावेशी उपसभापति पदमा १ हजार ७४५ मत ल्याउँदै विजय हासिल गरे।
खुलातर्फ गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।
समावेशी उपसभापतिका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत पाए।
महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
Ch
सम्बन्धित खबर




प्रतिक्रिया