ADVERTISEMENT

नारायणगढ–हेटौँडा र मुग्लिन–आँबुखैरेनी सडक विस्तार हुँदै

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको सडक पूर्वाधार सुधार र वन्यजन्तु संरक्षणका लागि ४७ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय सहयोग स्वीकृत गरेको छ।

उक्त सहयोगबाट पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौँडा खण्डको ७० किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको ८.७ किलोमिटर सडक चार लेनमा विस्तार गरिनेछ।

आयोजनाअन्तर्गत सडक सुरक्षा सुधार, बाढीपहिरोको जोखिम न्यूनीकरण तथा चितवनको बरन्डाभार वन्यजन्तु मार्गमा वन्यजन्तुको आवागमन सहज बनाउने संरचना निर्माण गरिनेछ।

एडिबीले अक्टोबर ९ मा सार्वजनिक गरेको विवरणअनुसार कुल सहयोगमा २८५ मिलियन अमेरिकी डलर ऋण, २० मिलियन डलर अनुदान र ७ लाख ५० हजार डलर प्राविधिक सहायता समावेश छन्।

आयोजनाले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउनुका साथै व्यापार, पर्यटन, जैविक विविधता संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार