काठमाडौँ। गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खस्दा बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ।
बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत् पोल, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका संरचना बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढीले माछिखोलाको तल्लो बस्तीका २० देखि २२ घर जोखिममा पारेको छ। त्यस्तै, बुढीगण्डकी जलविद्युत् आयोजना र निर्माणाधीन ऊर्जा आयोजनाका संरचनामा समेत क्षति पुगेको छ। बाढीका कारण दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
नदीमा थप बाढी आउन सक्ने जोखिम रहेकाले प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न आग्रह गरेको छ।










प्रतिक्रिया