ADVERTISEMENT

काठमाडौं उपत्यकामा ६ स्थानबाट ग्यास साटफेर, बिहानैदेखि उपभोक्ताको लाइन

काठमाडौं । दसैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्थाअनुसार उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज ३१ गतेसम्म लागू हुने यो व्यवस्थामा सिलिन्डर साट्दा अतिरिक्त शुल्क लाग्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्र तिरे पुग्नेछ।

काठमाडौंको सिफलचौर, पेप्सीकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धिमा विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइएको छ।

बिहान ९ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म ग्यास साट्न सकिने व्यवस्था गरिएपछि एक सिलिन्डर ग्यास लिन उपभोक्ता बिहानैदेखि लाइनमा बसेका छन्। संघका अध्यक्ष दिवान चन्दले लाइनमा रहेका सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रयास गरिने बताएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार