ADVERTISEMENT

बूढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

सेनाका अनुसार जगत, न्याक्फेदी, यारु र पायु क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये एक शिशु र एक विदेशी नागरिकसमेत छन्।

उद्धारका लागि चारवटा हेलिकोप्टर र स्थलमार्गबाट नेपाली सेनाको टोली परिचालन गरिएको छ। अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार