ADVERTISEMENT

बाढीले जगत गाउँको सम्पर्क विच्छेद, ९ घर बगायो

गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित जगत गाउँको सडक तथा पैदलमार्ग बगाएपछि गाउँ सम्पर्कविहीन बनेको छ।

बाढीका कारण जगतका २५ घरका स्थानीय आवतजावत गर्न नसक्ने अवस्थामा पुगेका छन् भने ९ घर बगाएको गाउँपालिकाले जनाएको छ। प्रभावित स्थानीय सुरक्षित रहे पनि उनीहरूलाई तत्काल राहत आवश्यक रहेको छ।

गाउँपालिकाले प्रभावित परिवारका लागि त्रिपाल र खाद्यान्न वितरण गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार