ADVERTISEMENT

बूढीगण्डकी बाढीः ६ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढी र पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जगत क्षेत्रबाट नेपाली सेनाले ६ जनाको हवाई उद्धार गरेको जानकारी दिएका हुन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाडौंमा रहेको क्विक रियाक्सन टिमसमेत प्रभावित क्षेत्रमा तैनाथ गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार