ADVERTISEMENT

देश, लोकतन्त्र र संविधान अप्ठेरोमा : संयोजक दाहाल


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको बताएका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका कतिपय अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले देश स्वेच्छाचारितातर्फ जाने खतरा बढेको बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई थप सुदृढ गर्न राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। शान्ति सम्झौतासँग जोडिएका केही विषय अझै टुंगिन बाँकी रहेको भन्दै ती विषय समयमै समाधान नगरिए देश थप अप्ठेरो अवस्थामा पुग्न सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार