काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले लगानीको दायरा विस्तार गर्न ‘बीएचएल इन्भेष्टमेन्ट लिमिटेड’ नामक सार्वजनिक कम्पनी स्थापना गरेको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको बीएचएल इन्भेष्टमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ। बलेफी हाइड्रोपावरले नयाँ कम्पनीमा २ करोड रुपैयाँ शेयर पुँजी लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
हाल पहिलो चरणमा १ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएको छ भने बाँकी रकम आवश्यकताअनुसार लगानी गरिने कम्पनीले जनाएको छ।
बीएचएल इन्भेष्टमेन्टमार्फत जलविद्युत आयोजनाको पहिचान, विकास तथा अन्य सम्भावित लगानीका क्षेत्रमा पुँजी परिचालन गर्ने बलेफीको योजना छ। बलेफी हाइड्रोपावरले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाट क्षमताको अपर बलेफी ‘ए’ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ।
सम्बन्धित खबर





प्रतिक्रिया