काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका महासचिव शंकर पोखरेल खुलामञ्च पुगेका छन्।
महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाले स्वागत मन्तव्य राखेका छन्। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू तथा कांग्रेसका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
सम्बन्धित खबर





प्रतिक्रिया