काठमाडौं । प्रशासन तथा शासन व्यवस्थासँग सम्बन्धित क्षेत्रमा आज दिनभर विभिन्न महत्वपूर्ण गतिविधि भए। संघीय निजामती सेवा विधेयकको अध्ययन–विश्लेषण गम्भीरतापूर्वक गर्ने र सोही अनुसारको परामर्श दिने लोकसेवा आयोगको निर्णय भएको छ।
सचिव बढुवाका लागि वरिष्ठ सहसचिवहरू क्रमशः रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढाको सिफारिस भएको छ। यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो छत्तीसौं वार्षिक प्रतिवेदन आज बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।
भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत तथा ठुलो संख्यामा नायब सुब्बाहरुको सरुवा सूची राती अवेरसम्म बनाएपनि निर्णय बारे सार्वजनिक हुन सकेको छैन् । सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन स्रोतका अनुसार सरुवाको सुची तयार भएर निर्णय भइसकेको भएपनि केहि सरुवा थप्नुपर्ने हुँदा निर्णय सार्वजनिक गर्न ढिलाई भएको बताइएको छ । सरुवा भएपनि गुपचूप राख्न खोजिएको स्रोतको दावी छ । मन्त्रालयको सिस्टम ह्याङ्ग भएकाले निर्णय आज वेभसाइटमा राख्न नसकिएको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया