प्रशासनपोस्टमा आजका प्रशासनिक हाइलाइट्स :मध्यरातसम्म सरुवा सूची बन्दै, सिस्टम ह्याङ्ग भएकाले वेबसाइटमा राख्न कठिन भएको दावी

संघीय निजामती सेवा विधेयक गम्भीरतापूर्वक अध्ययन–विश्लेषण गर्ने आयोगको निर्णय, सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको सिफारिस, कर्मचारी सरुवा गुपचुप !


काठमाडौं । प्रशासन तथा शासन व्यवस्थासँग सम्बन्धित क्षेत्रमा आज दिनभर विभिन्न महत्वपूर्ण गतिविधि भए। संघीय निजामती सेवा विधेयकको अध्ययन–विश्लेषण गम्भीरतापूर्वक गर्ने र सोही अनुसारको परामर्श दिने लोकसेवा आयोगको निर्णय भएको छ।

सचिव बढुवाका लागि वरिष्ठ सहसचिवहरू क्रमशः रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढाको सिफारिस भएको छ। यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो छत्तीसौं वार्षिक प्रतिवेदन आज बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।

भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत तथा ठुलो संख्यामा नायब सुब्बाहरुको सरुवा सूची राती अवेरसम्म बनाएपनि निर्णय बारे सार्वजनिक हुन सकेको छैन् । सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन स्रोतका अनुसार सरुवाको सुची तयार भएर निर्णय भइसकेको भएपनि केहि सरुवा थप्नुपर्ने हुँदा निर्णय सार्वजनिक गर्न ढिलाई भएको बताइएको छ । सरुवा भएपनि गुपचूप राख्न खोजिएको स्रोतको दावी छ । मन्त्रालयको सिस्टम ह्याङ्ग भएकाले निर्णय आज वेभसाइटमा राख्न नसकिएको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

 

प्रतिक्रिया

ट्रेन्डिङ समाचार