ज्योति विकास बैंकले बाढीपीडितका लागि १ करोड दिने


काठमाडौँ  ।  ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने जनाएको छ। बाँकी ५० लाख रुपैयाँ रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि खर्च गरिने बैंकले जनाएको छ।

बाढी प्रभावित समुदायलाई तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको बैंकको भनाइ छ। विपद्का समयमा प्रभावित नागरिकको साथमा उभिनु संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बैंकले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार