प्रधानमन्त्रीले आफ्नै सांसदलाई पनि विश्वासमा लिएनन् : प्रचण्डको प्रश्न


काठमाडौं । नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले प्रतिपक्षी मात्र नभई आफ्नै सांसदलाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री संसद्मा आएर कसैको अनुहार नहेरी फर्किने शैली उचित नभएको उनको भनाइ थियो।

प्रचण्डले प्रधानमन्त्री शाहलाई देश संकटमा रहेका बेला महत्वपूर्ण अवसर प्राप्त भएको भन्दै त्यसलाई गुमाउन नहुने बताए। उनले लामो भाषण र सामाजिक सञ्जालमा पोस्टभन्दा पनि संकटका बेला सरकारको प्रभावकारी उपस्थिति र नेतृत्व आवश्यक रहेकोमा जोड दिए।

राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको उल्लेख गर्दै प्रचण्डले सबैको विश्वास जित्न नसके समयले प्रधानमन्त्रीलाई पनि नपर्खिन सक्ने चेतावनी दिए।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार