काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको भीषण बाढी रसुवा, धादिङ र नुवाकोटमा मात्र सीमित नभई सिङ्गो देशले भोगेको साझा दुःख भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते आएको बाढीले छोटो समयमै ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बताए। उनले विपद्मा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे।
विपद्को कठिन अवस्थामा सरकारको पहिलो प्राथमिकता जनताको सुरक्षा र उद्धार रहेको बताउँदै उनले संकटका बेला जनतालाई हिम्मत र भरोसा दिलाउनु राज्यको जिम्मेवारी भएको उल्लेख गरे।
प्रधानमन्त्री शाहले भोटेकोशीको बाढी पूर्वानुमानभन्दा बाहिरको घटना भएको दाबी गर्दै उद्धार, राहत तथा खोजी कार्यमा सरकार निरन्तर सक्रिय रहेको जानकारी संसद्लाई गराए।
सम्बन्धित खबर

