काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजेको मापनमा सुनकोशीको खुर्कोटमा जलसतह ७.६२ मिटर, बुढीगण्डकीको आरुघाटमा ३.६ मिटर र महाकालीको पारीगाउँमा ६.३७ मिटर पुगेको छ।
सुनकोशी र महाकालीमा पानीको बहाव स्थिर रहे पनि बुढीगण्डकीमा जलसतह विस्तारै घटिरहेको महाशाखाले जनाएको छ।
नदीमा पानीको सतह बढेर सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
सम्बन्धित खबर

