त्रिशूली बाढीमा ५४७ शव फेला, ९७७ जना बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण विभिन्न जिल्लामा ती शव फेला परेका हुन्।

सबैभन्दा धेरै चितवनमा २२१ शव फेला परेका छन्। यस्तै, नवलपुरमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासीमा २८ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना अझै सम्पर्कविहीन छन्। बाढीबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

२०८३ भाद्र १२, शुक्रबार १६:३० प्रकाशित
ट्रेन्डिङ समाचार