काठमाडौं । तिब्बततर्फको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयहरू तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा रहेका नागरिकहरू सुरक्षित स्थानतर्फ जान थालेका छन्। सम्बन्धित निकायले नदीको बहाव बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी किनारमा नजान र जोखिमबाट जोगिन अपिल गरेका छन्।
२०८३ भाद्र १२, शुक्रबार १५:३६ प्रकाशित


