काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार मध्यान्हसम्म विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो।
रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९ र नवलपरासी पूर्वमा ११२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार कार्यमा स्थानीयवासीले समेत सहयोग गरिरहेका छन्।
सम्बन्धित खबर

