काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो।
बाढीका कारण नियमित विद्युत् प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले वैकल्पिक प्रसारण संरचना प्रयोग गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापना गरेको जनाएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापनालाई तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा नियमित बनाउने काम जारी रहेको प्राधिकरणले जनाएको छ।
२०८३ भाद्र ११, बिहीबार १५:२७ प्रकाशित


