भोटेकोशी बाढीमा १७७ शव फेला


काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १७७ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै चितवनमा ६९ जनाको शव भेटिएको छ। पूर्वी नवलपरासीमा ३२, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, पश्चिम नवलपरासीमा ६ र रसुवामा २ जनाको शव फेला परेको छ।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

२०८३ भाद्र ११, बिहीबार १२:३६ प्रकाशित
ट्रेन्डिङ समाचार