काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्पछिको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा उनले विपद् व्यवस्थापनमा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्नेमा जोड दिए। पोखरेलले बेपत्ताको खोजी, शव पहिचान र परिवारलाई हस्तान्तरणलगायतका काम प्रभावकारी समन्वयमार्फत अघि बढाउन आग्रह गरे।
उनले सर्वदलीय बैठक आयोजना गरेकोमा सरकारलाई धन्यवाद दिँदै विपद्को अवस्थामा सरकारलाई सबै दलले साथ दिनुपर्ने बताए।
२०८३ भाद्र ११, बिहीबार ११:५९ प्रकाशित


