कानुनी छानबिनका लागि आफू र परिवार तयार : गंगा दाहाल


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवार राज्यका जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि तयार रहेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले परिवारविरुद्ध समय–समयमा अफवाह फैलाउने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। आफूहरूले कुनै आर्थिक अनियमितता वा पदको दुरुपयोग नगरेको दाबी गर्दै उनले गलत गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताइन्।

दाहालले आफूहरूले सम्पत्ति विवरण सरकारसमक्ष बुझाइसकेको उल्लेख गर्दै सरकारले गर्ने अनुसन्धानमा पूर्ण सहयोग रहने बताएकी छन्। तर, बिना आधार र गल्तीबिनाका आरोप भने स्वीकार्य नहुने उनको भनाइ छ।

उनले आफूले बुबालाई छोरीको नाताले सहयोग गर्नु अपराध नभएको भन्दै परिवारमाथि लगाइने आरोपप्रति प्रश्नसमेत उठाएकी छन्।

२०८३ भाद्र ४, बिहीबार १९:४४ प्रकाशित
ट्रेन्डिङ समाचार