काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने सहमति भएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज अर्थ समितिमा भएको छलफलमा यस्तो सहमति भएको हो। समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा थप दुई वर्ष पदावधि बढाउन सकिने प्रस्ताव विधेयकमा गरिएको छ।
यस व्यवस्थाअनुसार गभर्नरको प्रारम्भिक कार्यकाल तीन वर्ष हुने र कार्यसम्पादनका आधारमा थप दुई वर्ष जिम्मेवारी निरन्तरता दिन सकिनेछ।
२०८३ भाद्र ४, बिहीबार १७:४७ प्रकाशित


