संयोगले बनेको हो वर्तमान सरकार : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असहज परिस्थितिबीच ‘भवितव्य’ बाट बनेको दाबी गर्नुभएको छ ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार गठनलाई क्यारम खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गर्नुभयो ।

उहाँले वर्तमान सरकार प्रतिशोधको राजनीतिमा लागेको आरोप लगाउँदै आफू, कांग्रेस नेता रमेश लेखकसहितका नेतामाथि पक्राउ र झुटा मुद्दा लगाउने प्रयास भइरहेको बताउनुभयो ।

सरकारका गतिविधिबाट नआत्तिन आग्रह गर्दै ओलीले देशको हित र रक्षाका लागि एकजुट भएर अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो ।

२०८३ श्रावण ३१, आईतवार १२:३५ प्रकाशित
ट्रेन्डिङ समाचार