मनसुन सक्रिय, देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न प्रदेशमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना बढी छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

२०८३ श्रावण ३१, आईतवार ०७:४० प्रकाशित
ट्रेन्डिङ समाचार