इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीका छाल रेकर्ड


जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। करिब १५ किलोमिटर गहिराइमा गएको भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ।

भूकम्पका कारण नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म शक्तिशाली धक्का महसुस भएको थियो। स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका थिए। प्रारम्भिक विवरणअनुसार ठूलो क्षतिको खबर प्राप्त भएको छैन।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले अस्ट्रेलियामा सुनामीको खतरा नरहेको जनाएको छ।

२०८३ श्रावण ३०, शनिबार ०८:४६ प्रकाशित
ट्रेन्डिङ समाचार