काठमाडौं । एलपी ग्यास कालोबजारी गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
प्रहरीका अनुसार उनले प्रतिसिलिण्डर ७ हजार रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचना पाएपछि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा प्रहरीले ३ थान ग्यास सिलिण्डर नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
२०८३ श्रावण २३, शनिबार १९:३१ प्रकाशित

