ADVERTISEMENT

पहिरो र बाढीले देशभरका सडक प्रभावित

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी, सडक भासिने र कटान हुँदा यातायात सेवा प्रभावित भएको छ।

प्रहरीका अनुसार तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा, मुगु, रुकुम पश्चिम र सोलुखुम्बुका विभिन्न सडकखण्ड अवरुद्ध छन्। अरनिको राजमार्ग, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर र सल्लेरी–लुक्ला सडक पहिरो तथा सडक भासिएका कारण प्रभावित भएका हुन्।

सम्भावित बाढीको जोखिमका कारण बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

प्रहरीले वर्षायाममा सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार