काठमाडौं । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको आर्थिक अनियमितता प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ र बैंकको तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार तीनै जनालाई बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेश गरिएको छ।
यस प्रकरणमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोपसहित १०९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। बैंकको वित्तीय अवस्था कमजोर बनेपछि नेपाल राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया