काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका ३० जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यकासहित विभिन्न पहाडी तथा तराईका जिल्लामा रहेका साना नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना छ।
देशका ठूला नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहितका नदीको अवस्था भने सामान्य रहेको महाशाखाले जनाएको छ।
आगामी दुई दिन पनि सातै प्रदेशका केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


२०८३ श्रावण २१, बिहीबार ११:३१ प्रकाशित


