मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको चेतावनी


काठमाडौं ।  देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी पहाडी तथा तराईका जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। रातिको समयमा पनि देशका हिमाली, पहाडी र केही तराई क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार